१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भरतपुरमा बालगृहलाई व्यवस्थित बनाउन छलफल   



६ मंसिर ०७८, भरतपुर । आवासीय बालगृह सञ्चालन र व्यवस्थापनको मापदण्डबारे छलफल थालिएको छ । देशभरका बालगृह व्यवस्थापनमा कमी कमजोरी देखिएकाले राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार भरतपुरमा अन्तक्र्रिया कार्यक्रम गरेको हो । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ र विद्यमान कानूनी व्यवस्था विषयक अन्तक्र्रियामा बालगृह सञ्चालक तथा पदाधिकारीको सहभागिता थियो ।

कार्यक्रम सुभारम्भ गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालबालिकाको रेखदेखमा सक्रिय रहेको बालगृह व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताइन् ।   कार्यक्रम परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।