१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चनौटे–भिरखर्क आवागमन सहज बन्दै  



७ मंसिर ०७८, काठमाडौँ ।  सिन्धुपाल्चोकको चनौटे–भिरखर्क जोड्ने रातो पुलको अभावमा सास्ती भोगेका स्थानीयवासीहरुको आवागमन क्रमशः सहज बन्दै गएको छ ।
मेलम्ची खोलामा गत असारमा आएको भीषण बाढीले रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकालगायत आसपासका क्षेत्रमा सर्वसाधारण प्रभावित भएका थिए ।

नेपाली सेनाले गत कात्तिक ४ गतेदेखि रातोपुल भएकै स्थानमा ‘बेलिब्रिज’ बनाउने जिम्मेवारी पाएपछि पथान्तरण गरेर आवागमन सहजा तुल्याएको छ । बेलिब्रिजको नापनक्सा तयार भएको आकार र लागत पनि निर्धारण गरिएको जानकारी दिँदै नेपाली सेनाले बेलिब्रिज जडान गर्ने स्थानमा पूर्वाधार निर्माणका काम जारी रहेको बताएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी पथान्तरणसहित अस्थायी बाटो निर्माण भई हाल दैनिक ५० वटा यात्रुवाहक र मालवाहक सवारीसाधन सञ्चालन भइरहेको जनाएको छ । पथान्तरणसँगै किउल, टिम्बु, पाँचपोखरीलगायत हेलम्बुसम्मको आवागमन सहज भएको छ । आगामी पुस मसान्तभित्र बेलिब्रिज जडान भइस्क्ने पनि जनाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।