१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रुपन्देही २ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित




७ मंसिर ०७८, बुटवल । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवार कुटिएको घटना सेलाउन नपाउँदै बुटवलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा अर्का उम्मेद्वार कुटिएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर २ को निर्वाचन अन्तर्गत मतगणनाका क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । मतगणना चलिरहँदा विवाद भएपछि दुई गुटबीच झडप हुँदा पौडेल प्यानलका उम्मेद्वार दीर्घबहादुर केसी (कुमार) गम्भीर घाइते भएका छन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए ।
देउवा समूहका कार्यकर्ताबाट भएको कुटपिटका क्रममा केसीको मुखमा गम्भीर चोट लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको कांग्रेस नगर सभापति खेलराज पाण्डेले जानकारी दिए । विवादले उग्ररुप लिई झडप भएपछि मतगणना स्थगित भएको छ । कुल ६ सय ६९ मतमध्ये ६ सय मत गनिसक्दा पौडेल पक्षले अग्रता लिएपछि विवाद सुरु भएको थियो ।
यसअघि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा क को मतगणनाका क्रममा विवाद हुँदा देउवा पक्षको आक्रमणमा परी पौडेल पक्षका उम्मेदवार शैलेश पन्तसहित पाँचजना घाइते भएका थिए । सो क्षेत्रमा अझै रोकिएको मतगणना सुरु हुन सकेको छैन ।

यो घटना सेलाउन नपाउँदै क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा दुई पक्ष कुटाकुटमा उत्रिएका हुन् । यो क्षेत्रमा पौडेल पक्षबाट वर्तमान क्षेत्रीय सभापति रहेका हरि लम्साल र देउवा पक्षबाट मजदूर नेता काजीमान श्रेष्ठ नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।