१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जनगणना पुग्यो अन्तिम चरणमा




हेमन्त केसी
९ मंसिर ०७८, जाजरकोट । ’मेरो सहभागिता मेरो गणना’ नाराका साथ २५ कात्तिकदेखि देशभर सुरु भएको जनगणना आज बिहीबार सकिँदैछ । तथ्यांक विभागका अनुसार देशभर जनगणनाको काम अन्तिम चरणमा पुगेको छ ।
जनगणनाका लागि नाम टिपाउन छुटेकालाई आजसम्म समय दिइएको छ । जाजरकोटमा जनगणनाका लागि २ सय ४० गणक र ६० जना सुपरिपेक्षक खटिएका थिए ।
प्रारम्भिक रिपोर्ट अनुसार जाजरकोटमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ । जाजरकोटमा यसपटक करिब २ लाखको हाराहारीमा जनसंख्या पुग्ने अनुमान गरिएको छ ।
२०६८ अनुसार जाजरकोटको कुल जनसंख्या १ लाख ७१ हजार ३०४ थियो । यसपटक १ लाख ९० हजारदेखि २ लाख पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला जनगणना अधिकारी जनक बोहराले बताए । उनका अनुसार महिला ९४ हजार ७ सय ७३ र पुरुष ९४ हजार ५ सय ५० तथा अन्य ७ जना रहेको र केही थपघट हुन सक्ने आँकलन गरिएको छ । न्युज कारखाना

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।