५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बेलायतमा ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए   



२२ मंसिर ०७८, लन्डन । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहाँको मन्त्रिपरिषदको बैठकमा जानकारी गराउनुभएको थियो ।
साथै प्रधानमन्त्री जोन्सनले यो समेत गरी बेलायतमा ओमिक्रोनका ४३७ जना सङ्क्रमित भेटिएका जानकारी पनि दिनुभएको थियो ।उहाँले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताउनुभएको थियो ।
हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिनमात्र अघि देखिएको थियो। प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टा भन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो ।
सिन्ह्वा

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ०१ बजे