२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


तमिलनाडुमा हेलिकप्टर दुर्घटनाः रक्षा प्रमुख रावतको अवस्था चिन्ताजनक




२२ मंसिर ०७८, चेन्नई । तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए ।
तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भारतीय रक्षा प्रमुख विपिन रावतलाई अस्पताल भर्ना गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ११ शव भेटिएका छन्। ती शव अधिकांश जलेका छन्। दुर्घटनाको करिब एक घण्टापछि जनरल रावतलाई वेलिङ्टनको सैनिक अस्पतालमा लगिएको छ। तर उनको अवस्था चिन्ताजनक छ। यसबारेमा भारतीय सेनाले कुनै आधिकारिक विज्ञप्ति निकालेको छैन।
एएनआई

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।