९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १४९८ सहित नेपालमा एकै दिन ३०७५ जनामा कोरोना संक्रमण



२८ पुस ०७८, काठमाडौं । नेपालमा बुधबार एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ३६ वटा नमुना परीक्षणमा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन्।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।