७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आयोगद्वारा सर्वदलीय बैठक आह्वान



कान्तिपथस्थित निर्वाचनको कार्यालय ।

२८ पुस ०७८, काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिए ।

बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ । थपलियाले बैठकका मुख्य गरी तीन एजेण्डा भएको जानकारी दिएका छन् ।

उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुनेछ । ‘मुख्य गरी निर्वाचनको वातावरण बनाउनका लागि हो,’ थपलियाले भने, ‘दलहरुले जे चाहन्छन् त्यसै अनुसार हामी मिति निर्धारण गर्छौं ।’

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निणर्य गरेको छैन् । २०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो । त्यतिवेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठ मा सकिँदै छ ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ५ : ४१ बजे