२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खोप नलगाउनेहरु काेराेना संक्रमणको उच्च जोखिममा, मृत्यु हुनेमध्ये ८८.२३ प्रतिशत खोप नलगाएका



८ माघ ०७८, काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरमा मृत्यु हुनेमा अधिकांश खोप नलगाउनेहरु रहेको पाइएको छ । अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएकाहरुको मृत्यु भएको तथ्यांकले देखाएको हो ।

वीर अस्पतालस्थित कोरोना युनिफाइड केन्द्रीय अस्पतालका अनुसार संक्रमणले पछिल्लो तीन दिनमा मृत्यु भएका पाँच जनाले नै कोरोनाविरुद्धको खोप नलगाएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अन्य स्वास्थ्य संस्थामा समेत खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका वा अरू रोग लागेका संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको डेल्टा भेरिएन्टको दाँजोमा ओमिक्रोन संक्रमणमा मृत्यु दर कम रहेको छ । तेस्रो लहर सुरु भएयता शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

मृत्यु हुनेमा ८८ दशमलब २३ प्रतिशत खोप नलगाएकाहरु छ । शुक्रबारसम्मको तथ्यांक अनुसार हाल देशभर १ सय ९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचार भैरहेको छ ।

काठमाडौं उपत्यकामा ६३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।