१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेठमा स्थानीय निर्वाचन गर्न सत्तारुढ दल सहमत



१५ माघ ०७८, काठमाडौं । आज बसेको पाँच दलिय उच्चस्तरीय समितिको बैठकपछि सत्तरुढ दल जेठमा स्थानीय निर्वाचन गर्न सहमत भएको छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी सहयोगी गंगा दाहालका अनुसार बैठकले स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
दाहालका अनुसार संविधानसङ्ग बाझिएका निर्वाचन कानुन एवं ऐनलाई आवश्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने समेत निर्णय गरेको छ । आज साँझ बसेको पाँच दलीय सत्तरुढ गठबन्धनको बैठकमा जनमोर्चा नेपाल बाहेक सबै दलको प्रतिनिधित्व थियो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।