८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभाको बैठक स्थगित   



१६ माघ ०७८, काठमाडौँ । राष्ट्रियसभाको यही माघ १७ गते बस्ने तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गरेकाे सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ ।

सूचनामा भनिएको छ, “राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावाली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नआएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : ३६ बजे