८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपामा भुईचालो : पूर्वकोषाध्यक्ष पनि त्यागे पार्टी




२६ माघ ०७८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको भोलिपल्ट पौडेलले पनि पार्टी छाडेका हुन् ।
उनले आफूले राप्रपालाई एकताद्ध बनाउन प्रयास गरेको भए पनि सफल हुन नसकेकोमा दुःखी र भावुक भएको उल्लेख गरेका छन् ।
समाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ’राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजै देखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् !’
अध्यक्ष हुँदा थापाले पौडेललाई राप्रपाको कोषाध्यक्षमा नियुक्त गरेका थिए । तर महाधिवेशनमा जित हात पारेका राजेन्द्र लिङ्गदेनले चुनावी प्रतिस्पर्धा नगरेका पौडेललाई कार्यसमितिमा मनोनियत गरेका थिएनन् ।

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ५८ बजे