२७ माघ ०७८, काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ । स्रोतका अनुसार भेटमा प्रचण्ड र माधव नेपालले एमसीसी यथास्थितिमा संसदमा टेबल गर्न नसकिने बताएका थिए । उनीहरुले एमसीसीका विषयमा स्थानिय निर्वाचनपछि छलफल गरेर अघि बढाउन सकिने प्रस्ताव राखेका थिए । तर, जवाफमा प्रधानमन्त्री देउवाले आफुले तय गरेको समय सीमाभित्रै एमसीसी जसरी पनि टेबुल गराएर पारित गर्ने अडान दोहोर्याएका थिए ।
प्रतिक्रिया