८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकार र विप्लव नेकपाबीच वार्ता



२९ माघ ०७८,काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच यसअघि भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ।
गृहमन्त्री बालकृष्ण खाँणको पहलमा मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडु, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी भएका थिए।

वार्तामा २०७७ फागुन २० गते सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनबारे कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  २ : ४३ बजे