८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद भवन प्रवेशमा पनि कडाइ




४ फागुन ०७८, काठमाडौं । एमसिसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँबानेश्वरस्थित संसद भवन र त्यसआसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ ।
सत्तासिन दलका जनवर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई मोर्चा तथा अन्य समूहले संसद भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएको हो । उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएको बताए । बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उनले उल्लेख गरे ।
संसद भवन क्षेत्रमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । संसद भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइएको एक प्रहरी अधिकारीले बताए । संसद भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ ।
सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसपछि दिउँसो १ बजे संसद बैठक बस्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ०४ बजे