६ फागुन ०७८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी छन्।
नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले बाँकी कैद मिनाहा गरेकी हुन्।
प्रकाशित मिति :
६ फाल्गुन २०७८, शुक्रबार ८ :
३१ बजे
प्रतिक्रिया