४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


युक्रेनको बिखन्डनकारी नियन्त्रित क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता



संयुक्त राष्ट्र (यूएन) का लागि युक्रेनका स्थायी प्रतिनिधि सर्गी किस्लियस(दायाँ)ले संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्ड(विचमा) सँग युक्रेन संकटमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकमा, फेब्रुअरी २० मा न्यूयोर्कमा कुराकानी गर्दै । रूसले त्यहाँ दुई अलग क्षेत्रहरूलाई मान्यता दिएपछि र आफ्नो सेनालाई शान्ति सेनाको रूपमा काम गर्न आदेश दिएपछि संयुक्त राष्ट्रले युक्रेन संकटमा आपतकालीन सुरक्षा परिषद् बैठक गर्दैछ । लेन्स: एजेन्सी

एजेन्सी
१० फागुन ०७८, मस्को । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीद्वारा नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् ।
पृथकताबादीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई राष्ट्रपतिले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । यी दुबै क्षेत्रमा विद्रोहीको पकड छ । उनीहरूले युक्रेनी सेनासँग सन् २०१४ देखि लडिरहेका छन् ।
घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति कायम गर्न भूमिका निर्वाह गने उल्लेख छ । पुटिनको घोषणासँगै उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुन सक्ने रुसी सेनाले सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।
एउटा टेलिभिजन सम्बोधनमा युक्रेनसँग सच्चा राष्ट्रको इतिहास नभएको बताए । पुटिनको कदमको अमेरिका, नेटो गठबन्धन फौजलगायत अन्तर्राष्ट्रिय जगतले निन्दा गरेका छन् । युक्रेनी राष्ट्रपतिले कसैसँग नझुक्ने बताएका छन् ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ०३ बजे