८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेट



प्रधानमन्त्री शेरबहादुर देउवा सँग प्रमृख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा अाेली सहित नेताहरूसँग छलफल ।

१२ फागुन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता जारी छ । भेटमा उहाँहरुबीच संसद्को अवरोध हटाउने र एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बालुवाटारमा भएको भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् । यसअघि आजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँबानेश्वरमा ‘वान टु वान’ र शीर्ष नेताको तहमा छलफल भएको थियो ।
संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबुल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र पारेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ८ : ४३ बजे