८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको बालुवाटारमा पनि पुरानै अडान कायमै



प्रधानमन्त्री शेरबहादुर देउवा सँग प्रमृख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा अाेली सहित नेताहरूसँग छलफल ।

१२ फागुन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा उनीहरुबीच संसद्को जारी अवरोध खुलाउने र एमसिसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसद्बाट एमसिसीलाई अनुमोदन गरौँ भनेर प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरुले संसद् अवरुद्ध गरिरहेको हो पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राखेको उनले जानकारी दिएका छन् । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै छ महिनादेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
लामो समयदेखि अवरुद्ध रहेको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गरेको उनले जानकारी दिए । संसद्लाई प्रभावकारी बनाउन दलहरुसँगको छलफल जारी रहने उनको भनाइ छ ।
“संसद्लाई सञ्चालन गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनुभएको छ, संसद्मा अवरोध हटाउने प्रतिबद्धता उहाँहरु (एमाले)ले जनाउनुभएको छैन”, उनले भने । सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री कार्कीले भोलि बस्ने संसद्को बैठकमा एमसिसी सम्झौतामाथि सैद्धान्तिक छलफल शुरु हुने र गहन सहमतिबाटै निष्कर्षमा पुर्याइने बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १० : ४१ बजे