८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन फागुन २६ र २७ गते हुने




१४ फागुन ०७८, सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ । शनिबार केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २६ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो ।
मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक–पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो । कांग्रेस सिन्धुपाल्चोकका शीर्ष नेताहरूको बैठकबाट सो निर्णय गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ४६ बजे