८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाबुराम भट्टराईले भने,‘प्रचण्ड र माधवकुमार नेपाल भेडाको खोल ओढ्ने ब्वाँसा’




१५ फागुन ०७८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको खोल ओढ्ने ब्याँसा’को संज्ञा दिएका छन् ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा प्रचण्ड र नेपालले दोहोरो भूमिका निर्वाह गरेपछि भट्टराईले यस्तो कटाक्ष गरेका हुन् ।

‘कुनैपनि राजनीतिक÷सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंच÷निष्ठाको धर्म निर्वाह गर्छन्,’ भट्टराईले आइतबार विहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तर आफ्नो निजी÷दलीय÷गुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !’

एमसीसीलाई सत्तारुढ दलहरु विभाजित भएपछि भट्टराईले निजी स्वार्थको लागि नेताहरुले दोहोरो भूमिका खेलेको आरोप लगाएका हुन् ।

सत्तारुढ दलमध्ये अहिलेसम्म नेपाली कांग्रेस मात्र एमसीसी हालकै अवस्थामा संसदबाट अनुमोदन गर्ने पक्षमा उभिएको छ । न्युज कारखाना

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : ०१ बजे