८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणा सरकारद्वारा स्वीकृत  




१५ फागुन ०७८, काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट (एमसिसी) अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल भएको थियो । आजै साँझ हुने दोस्रो बैठकमा त्यससम्बन्धमा दफावार छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ३८ बजे