८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्र हित प्रतिकुल नहुने गरी एमसीसी कार्यान्वयन गर्नुपर्छः ओली(विज्ञप्तिको पूर्णपाठ)



१७ फागुन ०७८, काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमसीसीबारे मौनता तोड्दै एमालेले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्‍बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ’, अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी कार्यान्वयनका क्रममा नेपालको सार्वभौमिकतामा असर परे एमालेलाई स्वीकार्य नहुने बताए ।

अध्यक्ष ओलीले एमसीसीको व्याख्यात्मक घोषणालाई नेपाली जनता झुक्याउने ठगी पत्रको संज्ञा दिए । ‘व्याख्यात्मक घोषणा लाज छोप्ने पातलो धरो हो । यो नेपाली जनतालाई झुक्याउने ठगी पत्र हो,’ उनले भने ।

ओलीले एमसीसी सम्झौता जनतालाई थाहा दिनैका लागि संसदमा लगिएको पनि बताए । ‘जनतालाई थाहा दिन एमालेले एमसीसी सम्झौता संसदमा लग्यो । खुसुक्क लागु गर्न सकिने कुरालाई राष्ट्रिय महत्वको विषय बनायो भनेर आलोचना गरिएको छ’, उनले भने, ‘अहिले निर्लज्ज रुपमा हल्ला चलाइयो । ओली सरकारले संसदमा पेश गरेर गल्ती गर्यो भने । प्रदीप ज्ञवाली अमेरिका गएर यसलाई आईपीएसको अंग बनाइयो भनेर हल्ला चलाइयो ।’

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतिर लक्षित गर्दै उनले अफवाह फैल्याएको पनि बताएका छन् ।

‘हामीले हिजो प्रमुख पार्टीका प्रमुख नेताको वक्तव्य सुन्यौँ । अमेरिका भन्छ आईपीएसको अंग होइन । उनीहरुको व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन । एमसीसीलाई सहज र स्वस्थ ढंगले पास गर्न सकिन्थ्यो’, उने भने, ‘ राजनीति नगरी अघि बढाउन सकिन्थ्यो । देशमा हुँडलो मच्चाउन खोज्ने र देशमा मतभेद बढाउन खोज्ने काम भयो। साकाहारी आन्दोलनले भएन, अब जंगल जानुपर्छ भन्ने धाकधक्कुसमेत दिइयो ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।