८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाँच महिनापछि संवैधानिक इजलास शुरु



२० फागुन ०७८, काठमाडौं । पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास शुक्रबारदेखि शुरु भएको छ । शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको गठन गरेका छन् ।

संसदमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासको गठन गरेका हुन् ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले इजलासमा वरिष्ठतम् न्यायाधीश मीरा खड्का, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरेका छन् ।

यो इजलासमा सामान्यतया वरिष्ठताका आधारमा न्यायाधीशको चयन हुँदै आएको छ । हप्ताको दुईदिन बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरेको छ ।

संवैधानिक इजलासको पहिलो पेसीमा सामान्य प्रकृतिका मुद्दा मात्रै समावेश गरिएको छ ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १ : ३३ बजे