८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव संसदमा पेश



२९ फागुन ०७८, काठमाडौं । संघीय संसदको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पेश गरिएको छ ।

आइतबारको बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाभियोग प्रस्ताव पेश गरेका हुन् ।

महाभियोग प्रस्तावमा प्रधान न्यायाधीश जबराले संविधान र पदीय आचरणविपरीत कार्य गरेको, कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेको उल्लेख छ ।

गत फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले संसद्मा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्ताव आइतबार संसद बैठकमा पेश गरिएको छ ।

संसद्मा महाभियोग प्रस्ताव पेश भएपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्तावमाथि आगामी बठकमा छलफल चलाउने छन् । आगामी संसद्को बैठक चैत २ गते बस्दैछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : २३ बजे