८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डले भने,‘अर्ली इलेक्सनको सम्भावना छैन’



फाइल तस्बिर : रत्न श्रेष्ठ/रासस

३० फागुन ०७८, धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् ।
एमालेको अवरोधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।
सोमबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने–एमालेले दुई पटक संसद विघटन ग¥यो । अहिले संसद चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ । त्यो सत्य होइन ।’
३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेको र अब सोही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।
सुदूरपश्चिम सरकारमा कांग्रेसको इन्ट्रि हुने

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको इन्ट्रि हुने भएको छ । तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेको छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेको बताए । ’चुनाव आएको छ, कांग्रेसले पनि सरकारमा जान चाहेको छ,’ प्रचण्डले भने, ’एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बोलाएर कांग्रेस भित्र्याउने सहमति भएको छ ।’ यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको उनले बताए ।
हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसको समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ५९ बजे