८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न सिफारिस   



१ चैत ०७८, काठमाडौं । सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  जानकारी दिए ।
नेपालको संविधानअनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद्को चालु अधिवेशन गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको हो । चालु अधिवेशनको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ४३ बजे