६ चैत्र ०७८, काठमाडौं । मोरङमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ। झडपमा एक महिला प्रहरी जवानको मृत्यु भएको छ ।
लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माविमा पढ्ने बालिकालाई सोही विद्यालयका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्ने सूचनापछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो।
आरोपित शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रोसित भीडले धारिलो हतियार प्रहार गर्दा एक महिला जवानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महिला प्रहरी जवान उर्मिला श्रेष्ठ रहेकी छन् । कोशी अञ्चल अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो ।
ती महिला प्रहरी जवानको घाँटीमा गम्भीर चोट लागेको थियो ।
प्रतिक्रिया