८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने महेश बस्नेतको ठोकुवा



काठमाडौं । चैत ७ गते
आगामी स्थानीय, प्रदेश र संघको चुनावमा प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले ठोकुवा गर्नु भएको छ । आज बिहान इटहरीमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले एमालेसँग प्रचण्ड र माधव नेपालको गठबन्धन हुने सम्भावना नै नभएको बताउँदै कांग्रेससँग गठबन्धन गरे पनि एमालेलाई फरक नपर्ने दाबी गर्नु भएको छ ।

उहाँले पहिला प्रचण्डले स्थानीय तहको चुनावमा काङ्ग्रेससँग मिलेर एमालेलाई देखाउन खोजेको बताउनु भएको छ । अर्को पटक प्रचण्डले संघको चुनावमा एमालेसँग मिलेर काङ्ग्रेसलाई देखाउन खोजेको बताउँदै अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले नपत्याउने दाबी गर्नु भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : ०६ बजे