२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन आयोगले पर्यवेक्षण गर्न २७ गतेसम्मको समयसीमा तोक्यो



१३ चैत्र ०७८, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्न चाहाने संस्थाले १५ दिनभित्र आवेदन दिन समयसीमा तोकेको छ ।३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहाने इच्छुक संस्थाले २७ चैतभित्र निवेदन दिनका लागि निर्वाचन आयोगले समयसीमा तोकेर आह्वान गरेको छ ।

त्यसका लागि संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विधान, नविकरण भएको निस्साको प्रतिलिपि, पदाधिकारीको नामावलाी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण गरेको अनुभव भए सोको प्रमाणपत्र पेस गरेर पर्यवेक्षणको अनुमति लिन सकिने आयोगले जनाएको छ ।‘निर्वाचनसम्बन्धी कसुर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरी पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई पर्यवेक्षण अनुमति दिइने छैन’ आयोगले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।