
१३ चैत्र ०७८, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणको अन्तिम दिन आइतबार विहान शितल निवास पुगी उनले राष्ट्रपतिसँग भेट गरेका हुन् । ‘भेटवार्तामा राष्ट्रपतिले चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन् ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले ‘उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने समेत बताउए । कोरोना महामारी नियन्त्रण गर्न चीनले गरेको सहयोगप्रति उनले विदेशमन्त्री वाङलाई धन्यवाद दिएकी थिइन् । नेपाल र चीनबीच रहेका सेता हिमाल र पहाडले दुई देशको सम्बन्धलाई नछेक्ने बरु जोड्ने काम गरेको उनले बताएकी थिइन् । चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आएका थिए । उनले शनिबार परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।







प्रतिक्रिया