८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गण्डकी र कर्णाली प्रदेश प्रमुख गठबन्धनको विपक्षमा



१५ चैत ०७८, काठमाडौं । नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदा गण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता स्पष्ट भएर विपक्षमा उभिने भएका छन् । नेकपा एमाले बलियो रहेको तर्क गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरे जानुपर्ने धारणाप्रति असहमति जनाउँदै गण्डकी र कर्णाली प्रदेशका प्रदेश सभापति विपक्षमा उभिने भएका हुन् ।शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धन गरेर गएमा कांग्रेसको पहिचान गुम्ने जनाउँदै विपक्षमा मत प्रकट गरिरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

‘शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धनको विपक्षमा रहेको बताए । गौतमले गण्डकीका शुक्रराज शर्मा र कर्णाली प्रदेशका प्रमुख ललितजंग शाही पनि विपक्षमा देखिनु भएको छ ।’ कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमा कोइराला, प्रकाश स्नेही, टेकबहादुर गुरुङलगायतका नेताहरु बिपक्षमा मत प्रकट गरेको गौतमले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।