२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


११ करोड ४५ लाख रुपैयाँकाे लागतमा भ्यु टावर निर्माण, ओलीले गरे उद्‌घाटन



१५ चैत्र ०७८, रुपन्देही ।  रुपन्देहीको तिलोत्तमा- २, शंकरनगर वनबाटिकामा निर्माण गरिएको भ्यु टावरको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  उद्घाटन गरेका छन् । शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र र तिलोत्तमा नगरपालिकाको लगानीमा निर्माण भएको उक्त भ्यु टावरकाे म‌ंगलबार ओलीले उद्घाटन गरेका हुन् ।

११ करोड ४५ लाख रुपैयाँकाे लागतमा भ्यु टावर निर्माण गरिएकाे तिलोत्तमा नगरपालिकाका योजना प्रमुख प्रदीप वनले जानकारी दिए । १३४ फिट अग्लो ११ तले भ्यु टावरले ३ हजार ५९५ वर्गफिट क्षेत्रफल ओगटेको छ ।

टावरको पहिलो तलामा कार्यालय तथा विश्राम कक्ष, दोस्रो तलामा डिपार्टमेन्टल स्टोर, तेस्रो तलामा रेस्टुरेन्ट, चाैथाे तलामा विभिन्न प्रयोजनका लागि आठवटा कोठा रहेका छन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।