८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन   




१५ चैत ०७८, काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उहासँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । नेपालको न्याय क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै सेवाग्राहीलाई अदालतप्रति सम्मान बढाउन उहाँले विभिन्न समय र स्थानमा रही चाल्नुभएका कदमको समिति सदस्यले सो अवसरमा प्रशंसासमेत गरे।

न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्नुभएको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दैै आएका थिए ।
न्याय परिषद्ले उनको नाम सर्वोच्च अदालतका लागि मनोनयन गरी संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो ।

उनले अदालतमा मुद्दा छिनोफानोका क्रममा विद्युतीय प्रणाली अवलम्बन, पेसी र फैसला तयारीबारे सेवाग्राहीलाई जानकारी, स्थानीय तहका पदाधिकारीसँग मुद्दा छिनोफानोका सम्बन्धमा अन्तक्र्रिया र प्रशिक्षण, अदालतमा निःशुल्क कानुनी फाँट, न्यायिक सञ्जाल, ‘मिट दि जज’ तथा फैसलामा हार्ने पक्षलाई चित्त बुझाउने फैसला लेखनजस्ता महत्वपूर्ण कार्यको सुरुआत गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।