२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भोलि भारत जाँदै प्रधानमन्त्री देउवा, मोदीसँग भेटवार्ता गर्ने



१८ चैत ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा भारतीय समय अनुसार भोलि दिउँसो १ बेजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ ।
देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समय अनुसार भोलि दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् ।
शनिबार देउवाले विहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ ।
शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदार र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ ।

सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
आइतबार ९ बजे देउवा बाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् । बाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् ।
भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौंका लागि फर्कने कार्यतालिका रहेको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।