४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अब पाँच दललाई चुनौती त दिनुपर्‍यो –डा.धवलशमशेर राणा



१८ चैत्र ०७८, काठमाडौं । सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ । स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो ।

बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा.धवलशमशेर राणाबीच भेटवार्ता भएको छ । भेटवार्तापछि डा. राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले(राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए ।‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्‍यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको राणाले बताए । भेटवार्ता सकारात्मक भएको पनि उनले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।