४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पञ्चेश्वर परियोजना तिव्र रुपमा अघि बढ्छ: प्रधानमन्त्री मोदी



 चैत १९ गते काठमाडौं ।भारतीय प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन नेपाललाई दिएका छन् । नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् । ‘पञ्चेश्वर परियोजना तिव्र रुपमा अघि बढाउन जोड दिएको बताए । यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुने भारतीय प्रधानमन्त्री मोदीले बताए ।

भारतीय आनकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन । नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा प्रत्येक पटक पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ । प्रत्येक पटक भारतीय पक्षले पञ्चेश्वर परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन दिंदै आएको छ । यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।