११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चरम आर्थिक सङ्कटसँगै श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा



२१ चैत ०७८, काठमाडौं । संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो । तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् ।

सरकारले लगाएको कर्फ्यूको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए । श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ ।खाद्यन्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।