
२६ चैत्र ०७८, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री सशी श्रेष्ठले भूमिहीन जनतालाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिएको बताएकी छिन् । मकवानपुरको बागमती गाउँपालिकामा आयोजित भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीनका समस्या सधैंका लागि समाधान गर्ने कसम खाएको बताएकी हुन् । संविधान निर्माणको क्रमदेखि नै यथास्थितिवादीले स्वीकार नगरेको बताउँदै उनले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बताइन् ।
उनले अहिलेको गठबन्धन सरकारले हकअधिकारको कार्यान्वयन गने बताएकी छन् । उनले दलित भूमिहीनलाई पूर्जा प्रदान गर्ने अहिलेको सरकारको उच्च प्राथमिकता रहेको बताइन् । पहिलेको सरकार छँदा एक वर्षमा एक हजार भूमिहीनलाई पनि पूर्जा प्रदान नगरेको र वर्तमान सरकारले ४ महिनामा २० हजार भूमिहीनलाई पूर्जा प्रदान गरिसकेको उनको भनाई छ । बागमती गाउँपालिकाले दुई भूमिहीन दलित परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ । गाउँपालिका–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई पूर्जा वितरण गरिएको हो १ हजार ७ सय जनाले निवेदन दिएका थिए तर २ जनाले मात्रै पूर्जा पाएका हुन् ।







प्रतिक्रिया