
२७ चैत ०७८, काठमाडौं । सरकारको गलत नीतिका कारण दक्ष जनशक्ति विदेसिरहेको नेपाल इँट्टा उद्योग महासंघका अध्यक्षमा शंकरबहादुर चन्दले आरोप लगाएका छन् । नवनिर्वाचित अध्यक्ष चन्दले आफ्नै देश विकासमा रोक्नु पर्ने यस्ता जनशक्तिलाई सरकारले नै विश्व श्रमबजारमा पठाइरहेको बताएका छन् । नेपालमा धेरै सम्भावना र दक्ष जनशक्ति रहेको र तीन तहको सरकारले रोजगारी, तालिम, अभिमुखीकरण गरी पुँजीको व्यवस्थापन गर्नुपर्नेमा आफ्ना नागरिकलाई विदेश पठाइरहेको उनको भनाई छ ।
उनले नेपालका परम्परागत इँटा उद्योग समेत जनशक्ति पलायनको मारमा परेको उनले बताए । पराम्परागत इँटा उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, वायु प्रदुषण नियन्त्रण गर्दै रुपान्तरित प्रविधि जिकज्याक, हाइब्रिड र टनेल लगायतको प्रविधिबाट उत्पादनमा अब जोड दिने उनले बताए । ुनेपालमा इँटा उद्योगको लागि दक्ष कामदार अभाव छ, यो अभावको परिपूर्तिका लागि महासंघको नयाँ नेतृत्वले सीटीईभीटीमार्फत फायर मास्टरको व्यवसायिक तालिमको पाठ्यक्रम तयार गरिसकेको र विदेशी जनशक्तिको विकल्पको रुपमा दक्ष कामदार उत्पादन गर्नेछौँ ,ु उनले भने । ७० प्रतिशत प्रयोगात्मक कक्षा हुने ९० दिने तालिम नेपालमै पहिलो पटक सन्चालन गर्न लागेको अध्यक्ष चन्दले बताए । २०६४ सालमा स्थापित महासंघमा हाल २५ वटा संघ छन् । १२ सय इँटा व्यवसायी रहेको नेपालले एसियाको इँटा संगठनको नेतृत्व गरिरहकेको बताए ।







प्रतिक्रिया