
२९ चैत ०७८, काठमाडौँ । गठबन्धन गरेर चुनावमा जाने नेपाली कांग्रेसको निर्णयप्रति नेकपा एमाले नेतृ तथा पूर्वराष्ट्रियसभा सदस्य कोमल वलीले चिन्ता व्यक्त गर्नु भएको छ ।
आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीसँग तालमेल गरेर कांग्रेसले आसन्न स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने भएपछि एमाले नेतृ वलीले चिन्ता व्यक्त गर्नु भएको हो । कांग्रेस नेता प्रकाशमान सिंहले बुबा गणेशमानको इतिहास सकाएको उहाँको दाबी छ । उहाँले रामचन्द्र पौडेल र कृष्ण सिटौलाले आफ्नो क्षेत्रमा जित्नलाई गठबन्धनलाई जोड्दा कांग्रेसलाई धेरै ठूलो घात गरेको जिकिर गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, देउवाले गठबन्धनलाई सत्तासँग जोडे । उनका विगतका आलोचकहरू प्रकाशमान सिंहले आफ्नो श्रीमतीलाई मेयर बनाउनेमा जोडे । र, आफ्नो बाको इतिहास सक्काए । रामचन्द्र पौडेल र कृष्ण सिटौलाले आफ्नो क्षेत्रमा जित्नलाई गठबन्धनसित जोडे र कांग्रेसलाई धेरै ठूलो घात गरे,’ वलीले फेसबुकमा लेखेकी छन्, ‘कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । कांग्रेसका लागि यो ठूलो लस हो । कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । यो गठबन्धन कांग्रेसलाई ठूलो लस हो ।







प्रतिक्रिया