
२९ चैत ०७८, काठमाडौं । सत्ता गठबन्धनका बैठक लगत्तै प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन् ।
मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचौर स्थित भारतीय दूतावास पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालगायत दुतावासको भोजमा सहभागी भएको बताइएको छ ।
२९ चैत्र २०७८, मंगलबार
0
Shares







प्रतिक्रिया