३ वैशाख ०७९, काठमाडौं । शक्तिशाली आँधी र वर्षाका कारण आएको बाढी तथा पहिरोमा परि फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ भने कैयौँ मानिस बेपत्ता भएका छन् । बाढी तथा पहिरोका कारण हजारौँ मानिस विस्थापित भएका छन् ।सेना, प्रहरी र अन्य उद्धारकर्मीहरूले हराएकाहरूलाई खोज्ने कार्य जारी राखेका छन् ।
फिलिपिन्सको अबुयोग नगरपालिकाका आकस्मिक कर्मचारीले मंगलबार पहिरोले ध्वस्त भएको तटीय गाउँबाट दर्जनौँ शव निकालेका थिए ।आँधी, बाढी र पहिरोबाट सबैभन्दा लेयतेको मध्य प्रान्तमा सबैभन्दा बढी प्रभावित भएका छन् ।विनाशकारी पहिरोले खेती गर्ने र माछा मार्ने समुदायहरूलाई समस्यामा पारेको छ ।
प्रतिक्रिया