
४ वैशाख ०७९, काठमाडौं। सत्ता गठबन्धनले स्थानीय तहमा भागबन्डा गर्न अझै समय लगाउने भएको छ। चैत अन्तिमसम्म उम्मेदवारको भागबन्डा गरिसक्ने बताएको गठबन्धनले आजसम्म उम्देवारको टुंगो लगाएर पठाउन स्थानीय संयन्त्रलाई भनेको थियो। तर, स्थानीय तहले पनि आकांक्षी धेरै हुँदा सिफारिस गर्न सकेका छैनन्।आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सामेबारसम्म महानगर र उपमहानगरको उम्मेदवार तय गर्ने समय सीमा तोकेको छ। यस्तै सोमवार नै बस्ने राजनीतिक तयारी तथा अनुगमन समितिको बैठकले सिट बाँडफाँटबारे देशभरको रिपोर्टको विश्लेषण गर्ने भएको छ।
‘बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर/उपमहानगरबारे टुंगो लगाउने, बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भनेको छ।







प्रतिक्रिया