७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्ता गठबन्धनको ७ बुँदे निर्देशन



१४ वैशाख ०७९, काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि गरिएको तालमेल प्रभावकारी हुन नसकेपछि ७ बुँदे कडा निर्देशन जारी गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले गठबन्धन दलबीच केन्द्रमा भएको सहमति वडा तहसम्म कार्यान्वयनका लागि ७ बुँदे कडा निर्देशन जारी गरेका हुन्।

गठबन्धन बैठकले ६ महानगर र ११ उप–महानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेका छन्।

त्यसैगरी गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने पनि निर्णय लिएका छन्।

 

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।