७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माधव नेपालको पार्टी नेकपा एस एनेकपासँग एकता गर्दै




१४ वैशाख ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी ९एनेकपा०बीच एकता हुने भएको छ । नेकपा ९एकीकृत समाजवादी० ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा ९एस० का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिएका छन् ।
एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा९एस० का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही वैशाख १५ गते नेकपा ९एस० को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिनेछ । नेकपा ९एमाले० बाट विद्रोह गरी स्थापित भएको नेकपा ९एस० ले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ भने स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।