
१६ वैशाख ०७८, काठमाडौं । धादिङ बेनिघाटमा माइक्रोबस र कन्टेनर ठक्कर खाँदा १ जनाको मृत्यु भएका छन् भने २ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ हिलटप होटेलस्थित सडकमा बा.३ ख ८६४० नम्बरको माईक्रो बस र प्रदेश २ ०३–००१ ख ५९९६ नम्बरको कन्टेनर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा माईक्रो बस चालक नवलपरासी (पूर्व) कावासोती नगरपालिका ८ बस्ने ४८ वर्षीय बिनोद गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका माईक्रो बसमा सवार अन्य २ जनालाई राजमार्ग अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
१६ बैशाख २०७९, शुक्रबार
0
Shares







प्रतिक्रिया