७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


८ स्थानीय तहको नतिजा आयो, एमाले ४, कांग्रेस २ , एकीकृत समाजवादी २



काठमाडौँ महानगरपालिकाको मतगणना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गरिँदै । लेन्स : चन्द्रकला क्षेत्रीरासस

३१ वैशाख ०७९, काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ८ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह : १. से फोक्सुण्डो गाउँपालिका – डोल्पा २. चामे गाउँपालिका – मनाङ ३. ङिस्याङ गाउँपालिका- मनाङ ४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ।

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह : १. नार्पाभूमी – मनाङ २. घरपोझोङ – मुस्ताङ ।

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह : १.काइके गाउँपालिका – डोल्पा २. छार्का साङतोङ गाउँपालिका – डोल्पा ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।