
१ जेठ ०७९, काठमाडौं । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको मतपरिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिएको छ ।
अहिलेसम्म ३४ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ । पछिल्लो अपडेट अनुसार एमालेले १४ र कांग्रेसले १० पालिकामा जित हासिल गरेको छ । एमालेले एउटा पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।
त्यस्तै, माओवादी केन्द्रले ८ पालिकामा जित हात पारेको छ, भने नेकपा एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व पाएको छ । समाजवादीले दुवै पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।
यस्तै, देशभर नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानमा अग्रता कायम गरेको छ । कांग्रेसले २ सय ६५ स्थानमा अग्रता लिएको छ । भने नेकपा एमालले १ सय ९१ स्थानमा अग्रता बनाएको छ ।
नेकपा माओवादी केन्द्रले १ सय ०८ स्थानमा अग्रता लिँदा एकीकृत समाजवादीले १२ स्थानमा अग्रता कायम गरेको छ ।







प्रतिक्रिया