७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


५७२ स्थानीय तहको अन्तिम मत परिणाम आयो, कहाँ कसले जिते ?



५ जेठ ०७९, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसोसम्म ७५३ मध्ये ५७२ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुुसार मत मरिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले २५२ स्थानीय तह प्रमुख जितेको छ । कांग्रेसले १६६ गाउँपालिका अध्यक्ष जितेको छ भने ८६ नगरपालिका प्रमुख जितेको छ ।
यस्तै, नेकपा एमालेले १६१ स्थानीय तह प्रमुख जितेको छ । एमालेले १०९ गाउँपालिका अध्यक्ष जित्दा ५२ नगरपालिका प्रमुख जितेको छ । माओवादी केन्द्रले ८९ गाउँपालिका अध्यक्ष र १६ नगरपालिका प्रमुखसहित १०५ स्थानीय तह जितेको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल १४ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ एकीकृत समाजवादीले ६ वटा मेयरमा जित हासिल गरेको छ ।
अन्यतर्फ २० गाउँपालिका र १४ नगरपालिका प्रमुखमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।